Skip to content

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्प प्रालिबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त समझदारीपत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रालिका तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुजकुमार गोयलले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारीअनुसार बैंकले त्रिवेणी मोटोकर्प प्रालि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय सवारी साधन खरिदका लागि सर्वसुलभ व्याजदरमा छिटो, छरितो र सहज कर्जा प्रवाह गर्नेछ ।
बैंकले ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न विद्युतीय सवारी साधनलाई सर्वसुलभ व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । त्यसैगरी, बैंकले व्यक्तिगतरुपमा ‘अटो लोन’ तथा व्यवसायिक प्रयोजनका लागि ‘हायर पर्चेज’ कर्जा प्रवाह गर्ने गरेकोे छ । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयबाट उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima