Skip to content

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्ड‍ेले पाए विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। गण्डकी प्रदेशसभा बैठकमा पाण्डेले राखेको विश्वासको मतको पक्षमा ३१ र विपक्षमा २८ मत खसेको थियो। बैठकमा ५९ जना सहभागी थिए।

सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएको घोषणा गरे। मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका थिए।

मुख्यमन्त्री पाण्डेलाई नेपाली कांग्रेस, राप्रपा, नेपाल समाजवादी पार्टी र स्वतन्त्र सांसदले मत दिएका थिए। सर्वोच्च अदालतको परमादेशअनुसार यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिएका हुन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima