Skip to content

कुमारी बैंकको साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

 

काठमाडौं । कुमारी बैंकले साढे १ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी रघुनाथ प्रधानको नाममा रहेको १ लाख ६२ हजार ९ सय ६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको खरिद बिक्री मूलय भने तोकिएको छैन । सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यका कागजात संकलन गरी बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं नक्साल, बैंकको प्रधान कार्यालय काठमाडौं नक्सालमा आवेदन पेस गर्ने सक्ने छन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने बैंकले जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima