Skip to content

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा ७ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द

nabil bank

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) इ–मेलसहित रद्द गरेको छ । प्राधिकरणले तोकिएको समयभित्र नवीकरण नगरेपछि ७ वटा सेवा प्रदायकको लाइसेन्स स्वतः रद्द भएको जानकारी दिएको हो ।

यी सात सेवा प्रदायकले ‘दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र अनुमतिपत्र नवीकरणवापतको दस्तुर बुझाएर अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकोले लाइसेन्स खारेज भएको प्राधिकरणले जनाएको छ ।

लाइसेन्स रद्द हुने सेवा प्रदायक कम्पनीहरूमा वशिष्ठ केबल नेट प्रालि, इन्फो नेट टेक्नोलोजी प्रालि, सिम्पल इन्टेलिजेन्ट सिस्टम एण्ड टेक्नोलोजी प्रालि, एशिया नेट कम्युनिकेशन प्रालि, फास्ट स्पिड लिंक नेटवर्क प्रालि, यस नेट नेपाल प्रालि र मिथिला डिजिटल नेपाल प्रालि रहेका छन् ।

साथै, प्राधिकरणले लाइसेन्स रद्द हुनुअघि सेवाप्रदायकले नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकमसमेत ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi