Skip to content

किसान लघुवित्तको १२ हजार बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरमा बिक्रीमा ल्याएको छ । संस्थाले पाँच जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १२ हजार ४८८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिदको पहिलो हकदार संस्थापक सेयरधनीहरु भएकाले सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी वित्तीय संस्थाकको केन्द्रीय कार्यलय लम्कीचुहा, बलिया, कैलाली वा कर्पोरेट कार्यलय बुढानीलकण्ठमामा आवेदन दिनुपर्ने छ ।

तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि लिखित आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima