Skip to content

रोयल इन्फिल्डको ‘एक राइड’मा देशभरबाट १,५०० भन्दा बढी राइडर सहभागी, डाउन सिन्ड्रोम एसोसिएसनलाई २ लाख सहयोग

काठमाडौं, असोज ४ । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘एक राइड’ कार्यक्रममा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्।

आइतबार नेपालका विभिन्न स्थानमा एकैसाथ आयोजित राइडमा काठमाडौंबाट मात्रै ६ सयभन्दा बढी राइडरको सहभागिता रहेको कम्पनीले जनाएको छ।

रोयल इन्फिल्ड नेपालले आफ्ना राइडर समुदायलाई मोटरसाइकल र यात्रामा मात्र सीमित नराखी सामाजिक गतिविधिसँग पनि जोड्दै आएको जनाएको छ।

‘शुद्ध मोटरसाइकल यात्रा’को अवधारणाअन्तर्गत सञ्चालन गरिएको ‘एक राइड’ अभियानले देशभरका राइडरलाई एकै उद्देश्यमा जोड्नुका साथै समुदायसँगको सम्बन्ध थप बलियो बनाएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार रोयल इन्फिल्डका लागि राइडिङ केवल यात्रा मात्र नभई अन्वेषण, अनुभव र समुदायसँग जोडिने माध्यम हो।

यही अवधारणालाई निरन्तरता दिँदै आगामी दिनमा पनि राइडर समुदाय र स्थानीय समुदायसँग सहकार्य गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima