Skip to content

सिद्धार्थ बैंकद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले बालबालिकाहरूका उचित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ निर्माण भइरहेको हेपाली हाइटस्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई सहयोग स्वरुप १ करोड ररुपैयाँ प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्रा. डा. भगवान कोइरालाले हस्ताक्षर गरे।

बालबालिकाहरू राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्जवल भविष्य बालबालिकाहरूको स्वास्थ्यमा निर्भर हुने मान्यताको साथ बैंकले यस कल्याणकारी कार्यमा सहभागिता जनाएको बताएको छ।

यस सहयोगले बाल स्वास्थ्य क्षेत्रमा उचित र गुणस्तरीय सेवा प्रदान गर्न अहम् भूमिका खेल्ने विश्वास बैंकले लिएको छ।

दिगो विकास लक्ष्यलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्‍याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima