Skip to content

सेबोनको अध्यक्षको नियुक्ति प्रक्रियामा महान्यायाधिवक्ताको राय पर्खिदै सिफारिस समिति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष सिफासिर समिति अहिले महान्यायाधिवक्ताको रायको प्रतिक्षामा रहेको छ । दुईपटक मिति तोकेर अन्तर्वार्ताका लागि बोलाउँदा समेत दुई जना मात्रै उम्मेदवार उपस्थित भएपछि यो विषयमा महान्यायाधिवक्ताको रायको पर्खाइमा समिति रहेको हो ।

सर्ट लिष्टमा परेका पाँच जनामध्ये तीन जना दुई पटकसम्म सूचना जारी गर्दा पनि अन्तरवार्तामा अनुपस्थित भएपछि छनौट प्रक्रिया के गर्ने भन्नेबारे महान्यायाधिवक्ताको कार्यालयसँग लिखित राय लिने निर्णय बमोजिम राय लिन लागिएको अर्थ मन्त्रालयले स्रोतले जनाएको छ ।

अध्यक्षका उम्मेदवारत्रय बोर्डकै कार्यकारी निर्देशक डा.नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ लगातार दुई पटक सम्म अनुपस्थित भएका थिए ।

अन्तर्वार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै उपस्थित भएका थिए । कानुनमा अध्यक्ष सिफारि समितिले कम्पनीमा ३ जनाको नाम सिफारि गर्नुपर्ने व्यवस्था रहेको छ । जसका कारण अध्यक्ष सिफारिस समितिले यस विषयमा निर्णय लिन सकेको छैन ।

अब यो प्रक्रिया महान्यायाधिवक्ताको कार्यालयको रायअनुसार नै अघि बढ्ने भएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima