Skip to content

५ अर्ब ठगी गरेको आरोपमा प्राइम बैंकका सञ्चालक नरेन्द्र बज्राचार्य पक्राउ

nabil
global ime

 

काठमाडौं । प्राइमक कमर्सियल बैंकका सञ्चालक नरेन्द्र बज्राचार्य पक्राउ परेका छन् । उनलाई प्रहरीले ५ अर्ब ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीसँगै अन्य ५ जना पनि पक्राउ परेका छन् । बज्राचार्यलाई कंलकी ट्रेड सेन्टरको व्यापारिक एकाइ (सटर) हरुको स्वामित्व हस्तान्तरण गर्ने भन्दै ठगी गरेको उजुरी पछि उनलाई काठमाडौं जिल्ला प्रहरी पिरिसरले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रक्राउ पर्नेमा बज्राचार्यसँगै राजु महर्जन, ललितपुर महानगरपालिकाका राजेशकृष्ण श्रेष्ठ, पाल्पाको तानसेनका निरन्जनकुमार श्रेष्ठ, कास्की घर भएका चिरञ्जीवी पौडेल र स्याङ्जाका शान्ति रमण पंगेनी छन् ।

न्युरोड कम्प्लेक्समा रहेको कलंकी डेभलपर्स र मिला ल्याड डेभलपमेन्ट पलिका सञ्चालक समितिका अध्यक्ष रहेका बज्राचार्य समेतले न्यूरोड क्षेत्रका व्यापारिलाई कलंकी ट्रेड सन्टरका व्यापारिक सटरहरुको स्वामित्व हस्तान्तरण गर्ने विश्वासमा १३ करोड ७३ लाख ५२ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिले न्युरोडका व्यापारीलाई कलंकीमा सटर दिने भन्दै रकम उठाएको प्रहरीको भनाइ छ । ४० लाखमा सटर दिने भन्दै ५ सय जनाभन्दा बढीसँग रकम उठाएको देखिएको प्रहरीले जनाएको छ । यो समूहले ५ सयभन्दा बढी व्यापारीसँग ५ अर्बभन्दा बढी रकम उठाएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima