Skip to content

दुर्गमका स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

nabil
global ime
कालीकोट । कालिकोटको दुर्गम भेगमा रहेका दुई स्वास्थ्यचौकीमा प्रसूति गृहका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । वान हर्ट वर्ल्डवाइड र भिडिसेफ नेपाल कालीकोटको आर्थिक सहयोगमा  पचालझरना गाउँपालिका–७ स्थित नानीकोट स्वास्थ्यचौकी र पलाता गाउँपालिका–२ स्थित धौलागोह स्वास्थ्यचौकीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो ।
भिडिसेफ नेपालका अध्यक्ष कल्पना रावलले बेबी वारमेर सेट, इमर्जेन्सी ट्वाइलेट, अटोक्ल्याब, स्टेचर, नर्मल फोल्डिङ बेड र म्याट्रिक, डेलिभरी सेट, इपी सेट, प्रक्नेन्ट टुल, ड्रम सेट, अक्सिजन सिलिण्डरलगायतका अत्यावश्यक उपकरण हस्तान्तरण गरिएकोे बताउनुभयो । “दुर्गममा रहेका स्वास्थ्यचौकीमा गर्भवती तथा सुत्केरीका लागि निकै समस्या हुने भएकाले स्वास्थ्यचौकीमा प्रसूतिगृहका लागि केही सामग्री प्रदान गरेका छौँ’, उनले भने, ‘यी सामग्री स्वास्थ्यचौकीका लागि सहयोगी बन्नेछन् भन्ने अपेक्षा राखेका छौँ ।’
जिल्लाका विकट क्षेत्रका स्वास्थ्य संस्थामा सञ्चालनमा रहेका प्रसूतिगृहका लागि अत्यावश्यक उपकरण सहयोगले गर्भवती तथा सुत्केरीका लागि केही राहत हुने पलाँता गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत हिमाल सञ्ज्यालले बताए ।  ‘यी सामग्रीले प्रसूतिगृहमा सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई निकै सहजता हुने र प्रसूति सेवा थप प्रभावकारी हुनेछ’ उनले भने, ‘विगतमा केही समस्या हुने गरेमा अहिले यी सामग्रीले केही सहजता आउने अपेक्षा गरेका छौँ ।’
उपकरणकै कारण सुत्केरी हुन आएकालाई बाहिर पठाउनुपर्ने समस्या अन्त्य भएको जनस्वास्थ्य अधिकृत सञ्ज्यालले बताए। ‘सुत्केरी हुन आउनेहरूमा विगतमा प्रसूतिगृहमा सामग्री नहुँदा समस्या हुने गरेको थियो, अब सुत्केरी हुन गाउँपालिकाको केन्द्रमा जानुपर्ने बाध्यता हटेको छ’, उनले भने ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima