Skip to content

कामना सेवा विकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले ३५ करोड रुपैैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर (प्रपेञ्चुअल नन् क्युमलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम बैंकले १ सय रुपैयाँका दरका ३५ लाख एकाइ डिबेञ्चर बिक्री गर्ने निर्णय गरेको हो ।

बैंकले वार्षिक ९ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने अविमोच्य असञ्चिति अग्राधिकार सेयर कुनै पनि सुरक्षण नराखी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरुका लागि मात्र बिक्री गरिने निर्णय भएको छ ।

बैंकको आर्थिक वर्ष २०८०/८१ को आगामी वार्षिक साधारणसभा तथा नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएको खण्डमा मात्र उक्त डिबेञ्चर निष्कासन हुने छ । नेपाल राष्ट्र बैंकले असार १२ गते एकीकृत निर्देशिकामा संशोेधन गर्दै प्राथमिक पुँजी कोष कम भएकाले दबाबमा रहेका बैंक तथा वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर (प्रपेञ्चुअल नन क्युमलेटिभ प्रिफरेन्स सेयर) जारी गर्न बाटो खुला गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima