Skip to content

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ल्यायो ‘ढुक ढुक हैन, ढुक्क होऔं’ ब्राण्डिङ क्याम्पियन

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘ढुक ढुक हैन, ढुक्क होऔं, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं ।’ भन्ने ब्राण्डिङ क्याम्पियन ल्याएको छ ।

साविकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिएको केही समय पछि कम्पनीले उक्त क्याम्पियन ल्याएको हो । ‘जीवनमा हरपल हुन सक्ने आर्थिक अनिश्चितताको ढुक ढुकलाई जीवन बीमा मार्फत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ढुक्क हुने परिस्थिति सृजना गर्दछ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाएको छ । यही यथार्थलाई विज्ञापनको माध्यमबाट आम नागरिकमा सचेतना जगाउने र कम्पनीको प्रचार प्रसार गर्ने लक्ष्य लिएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ ।

प्रसिद्ध कलाकार मनोज गजुरेललाई ब्राण्ड एम्बेसडरको रुपमा अनुबन्धन गरिसकेको कम्पनीले यो ‘ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं ।’ भन्ने ब्राण्डिङ क्याम्पियनको प्रमुख भूमिकामा समेत उनलाई नै अनुबन्ध गरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स आफ्ना ग्राहकहरूलाई जीवन बीमाको माध्यमबाट आर्थिक सुरक्षा र निश्चिन्तता प्रदान गर्न समर्पित छ भन्ने सन्देशलाई अझ सुदृढ गर्न यो क्याम्पियन अघि सारिएको जनाइएको छ ।

जीवन बीमा गरेर ढुक्कको जिन्दगी जिउन सकिने कुरालाई उठान गरेको प्रचार सामग्रीहरुले जनमानसमा सकारात्मक प्रभाव पर्नेमा कम्पनी विश्वस्त रहेको छ । यस क्याम्पियनले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका साथ साथै जीवन बीमा व्यवसाय प्रति नै सकारात्मक प्रभाव पर्ने कम्पनीको दाबी छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi