Skip to content

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

nabil
global ime
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयमा पत्र पठाइएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
“मेरो नेतृत्वमा २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको  संविधानको धारा १०० को उपधारा (२) बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राखनुपर्ने प्रावधान भएअनुरुप यही असार २८ गते प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ”, प्रधानमन्त्रीले संसद सचिवालयलाई पठाएको पत्रमा भनिएको छ ।
सरकारमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ताको लिएपछि प्रधानमन्त्री दाहाल अल्पमतमा परेका छन् ।  एमालेले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग सरकार गठन गर्ने गरी सहमति गरिसकेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima