Skip to content

सिंहदरबारमा सहकारी पीडितहरूसँग छलफल गर्दै संसदीय छानबिन समिति

nabil
global ime

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितहरूसँग छलफल गरेको छ।

सहकारीका पीडितहरुसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने समितिको मंगलबारको निर्णयअनुसार आज सिंहदरबारमा पीडितका प्रतिनिधिहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल भइरहेको छ।

२९ वटै सहकारी र अरू पनि सहकारीका प्रतिनिधिमूलक पीडितहरुलाई छलफलमा बोलाइएको छ।

विभिन्न संघर्ष समितिका रुपमा, व्यक्तिगत रुपमा अनेक हिसावले सहकारीबाट पीडित रहेका पीडितहरुको कुरा सुन्ने खोजिएको समितिले जनाएको छ।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी बचत ठगी प्रकरणमा संलग्न रहेको भन्दै सदनमा आवाज उठाएपछि संसदीय छानबिन समिति गठन भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima