Skip to content

गरिमा विकास बैंकको ४ लाख २६ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयरधनीको नाममा रहेका ४ लाख २६ हजार ९ सय ९०.३० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सो सेयर पहिले नै संस्थापक सेयरधनीहरुबाट खरिद बिक्री नभएर कम्पनीले आज शुक्रबार एक सूचना प्रकाशन गरी अन्य व्यक्ति वा संस्थाको लागि बिक्रीमा ल्याएको हो ।

सेयर खरिदका लागि इच्छुक अन्य व्यक्ति वा संस्थाहरुले सूचना प्रकाहन भएको १५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आफूले खरीद गर्न चाहेको सेयर विवरण खुलाई आवेदन पेस गर्न सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T