Skip to content

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको संख्या र प्रतिकित्ता न्यूनतम मूल्य भने तोकिएको छैन उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागज संलग्न गरी बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा के कति सेयर कित्ता खरिद गरी लिने हो सोको व्यहोरा खुलाई निवेदन दिनुपर्ने बैंकले जनाएको छ।

उक्त बैंकले तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै निवेदन पेस हुन नआएको खण्डमा प्रचलित नियमानुसार अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री गर्ने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima