Skip to content

शनिबार काठमाडौंका विभिन्न स्थानमा ३ देखि ६ घण्टा विद्युत अवरूद्ध हुने

nabil
global ime

 

 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका अनुसार आज काठमाडौंका विभिन्न स्थानमा तीनदेखि ६ घण्टा विद्युत अवरूद्ध जनाएको छ ।

विद्युत प्राधिकरणका अनुसार आज रत्नपार्क वितरण केन्द्रको सिंहदरबार २ फिडर र टेकु त्रिपुरेश्वर फिडरअन्तर्गत वितरित स्थानहरू विद्युत् विद्युत् अवरूद्ध हुने भएको हो।

सिंहदरबार २ फिडरअन्तर्गत पर्ने सिंहदरबार परिसरभित्रका सबै मन्त्रालय, सिंहदरबारको दक्षिणी गेट बाहिर जिल्ला समन्वय समिति क्षेत्र लगायतका स्थानहरूमा दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म विद्युत अवरूद्ध हुने छ।ती क्षेत्रमा नयाँ लाइन जोड्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै टेकु त्रिपुरेश्वर फिडरअन्तर्गत पर्ने टेकु सबस्टेसनबाट पचली भैरव, उद्योग वाणिज्य महासङ्घ, टेकु चोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट मार्केट अगाडिसम्म टेकु वंशीमार्ग, सुकुम्बासी वस्ती जाने बाटो लगायतका क्षेत्रहरूमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।

ती क्षेत्रहरूमा भूमिगत केबल चार्जका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

समयअगावै काम सकिएको अवस्थामा निर्धारित समय अगाडि नै विद्युत सेवा सुरु गरिने प्राधिकरणले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima