Skip to content
Prabhu

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणनाअनुसार उनले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गरेका थिए। निर्वाचन अधिकृत उमादेवी प्रसाईले तीन उपाध्यक्ष पदका लागि राजीव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलिया विजयी भएको जानकारी दिए ।

यस्तै महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलिया निर्वाचित भएका छन् । सदस्यमा भने कोपिला सिम्खडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल निर्वाचित भएको निर्वाचन अधिकृत प्रसाईले बताए । कुल १५ सदस्यीय कार्यसमितिका लागि हुने मतदानमा एक हजार एक सय ९३ जनाले मतदाता रहेकामा एक हजार ३१ मतदाताले मतदान गरेका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal