Skip to content

राष्ट्र बैंक भोलि नै मौद्रिक नीति ल्याउने तयारीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति आगामी भोलि शुक्रबार नै ल्याउने भएको छ ।

मंगलबार अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच करिब दुई घण्टा वार्तापछि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको हो ।

तर, यसअघि १५ साउनसम्म मौद्रिक नीति ल्याउने भनेर केन्द्रीय बैंकका अधिकारीहरूले बताउँदै आएका थिए ।

मौद्रिक नीतिमा गरिने व्यवस्थाबारे राष्ट्र बैंकको व्यवस्थापन समितिमा छलफल सुरु भएको केन्द्रीय बैंक स्रोतले जनाएको छ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले अन्तर विभागीय छलफलको सुझाव समेत समावेश गर्दै व्यवस्थापन समितिमा मस्यौदा पेस गर्नुपर्ने व्यवस्था मौद्रिक नीति तर्जुमा कार्यविधिले गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima