Skip to content

गरिमा विकास बैंकको ४ लाख २५ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक समूहको ४ लाख २५ हजार १५६.६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य भने तोकिएको छैन । सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको काठमाडौं लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ।

तोकिएको मितिभित्र संस्थापक सेयरधनीबाट निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi