Skip to content

कस्टमाइज्ड गाडीको बजार बढ्दै

एजेन्सी । के तपाईंलाई आफूले चाहेअनुसारको डिजाइन गरिएको कार भए हुन्थ्यो भन्ने लाग्छ ? वा यस्तो कुनै विशष डिजाइनको ड्रिम कारको कल्पना गर्नुभएको छ ।  यदि त्यसो गर्नुभएको छ भने पनि तपाईंको त्यो सपना पूरा हुनेछ । किनभने यतिबेला विश्वमा यस्ता कारको माग बढ्न थालेको छ । जसमा तपाईंले आफ्नो डिजाइनअनुसारको कार चलाउन सक्नुहुन्छ ।
विश्वबजारमा यसप्रकारको कार बढ्न थालेसँगै चिनियाँ कार निर्माता कम्पनीहरुले बजार विस्तार गरिरहेका छन् । उनीहरु विश्वबजारमा छिटोभन्दा छिटो विस्तार हुन चाहेका छन् ।
चिनियाँ कार निर्माता साइक म्याक्सुस मोटरका म्यानेजर चेन चेंग भन्छन्, “हामी हाम्रो उत्पादन गरिरहेका छौँ, अहिले पनि कैयौँ एउटै लाइनमा विभिन्न मोडेलका कार उत्पादन भइरहेका छन् ।” उनका अनुसार ग्राहकहरुले मोबाइलमा गरेको डिजाइनका आधारमा पनि कारको लुक्स परिवर्तन गर्न सक्छन् । उनका अनुसार रंग, आन्तरिक डिजाइन सबै परिवर्तन गर्न सकिन्छ ।
चेन चेंग एउटा कारमा २० हजार भाग हुन्छन् र सोहीअनुसार २० हजार फरक कार उत्पादन गर्न सकिन्छ । जुन तपाईंका लागि विशिष्ट हुनसक्छ । र, यो अन्य कारको तुलनामा खासै महंगो छैन । अन्य कारको तुलनामा सामान्य बढी अर्थात् तपाईंको बजेटभित्रै अटाउन सकिने कार हुन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima