Skip to content

प्रभु बैंकका ग्राहकहरुलाई र्‍याडिसन होटलमा २० प्रतिशत छुट

काठमाडौं । प्रभु बैंक र र्‍याडिसन होटलबीच विशेष छुट सम्झौता भएको छ ।  एक समारोहबीच बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र मार्केटिङ म्यानेजर सबिन राणा तथा–होटलका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरु मध्ये खाना, पेस्ट्री सप, ट्र्रानक्युलिटी स्पाका साथै र्‍याडिसन होटल काठमाडौंले संचालन गरेको विभिन्न रेस्टुरेन्टहरुबाट १० प्रतिशत देखि २० प्रतिशत सम्म भुक्तानी छुट पाउनेछन् ।

र्‍याडिसन होटल, काठमाडौं एक अन्तराष्ट्रिय होटल चेनअन्तर्गत बिगत दुई दशकभन्दा बढी समयदेखि नेपालको पर्यटकिय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिइरहेको एक अग्रणि पाँचतारे होटल हो ।

प्रभु बैंकले नेपालभर ३ सय १३ शाखा कार्यालयहरु, २ सय ८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima