Skip to content
Prabhu

२६७.१९ प्रतिशतले बढ्यो प्राइम कमर्सियल बैंकको नाफा, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंकको नाफामा उल्लेख्य सुधार भएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नापा २६७.१९ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । विवरण अनुसार बैंकको खुद नाफा र प्रतिसेयर आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ । खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १२.१६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३१.४५ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत र सञ्चालन मुनाफा १७७.३१ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १४ रुपैयाँ १५ पैसा बढेर १९ रुपैयाँ ४५ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात ११.४० गुणा रहेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १९ करोड रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ६ रुपैयाँ १८ पैसा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal