Skip to content

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वको साढे ११ लाख कित्ता सेयर बिक्री गर्दै

काठमाडौं । एनआईसी एसिया बैंकको स्वामित्वमा रहेका विभिन्न ४ कम्पनीको ११ लाख ५९ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ९ लाख ६५ हजार, सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५० हजार, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ९२ हजार ३ सय ४९ कित्ता गरी जम्मा ११ लाख ५९ हजार १५४ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखिएको हो । इच्छुक लगानीकर्ताले साउन २२ गते देखि २९ गतेभित्र आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली – ११, काठमाडौं, एन आई सी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालयः ट्रेड टावर नेपाल, थापाथली, काठमाडौं शाखा कार्यालयहरुः क्रमश (१) विराटनगर–३, मोरङ्ग (२) आदर्शनगर, वीरगंज (३) महेन्द्रपुल, पोखरा (४) श्रवणपथ, बुटवल (५) हस्पिटल लाइन, धनगढी र (६) विरेन्द्रनगर, सुर्खेतबाट आवेदन दिन सक्ने छन् ।

सेयर खरिदको लागि न्यूनतम मूल्य भन्दा कम मूल्य अंकित गरि पेश गरेको आवेदन स्वतः रद्द हुनेछ । प्रत्येक कम्पनीको लागि छुट्टाछुट्टै आवेदन दिनु पर्ने छ । सेयर खरीद गर्न आवेदन गरेको कुल सेयर कित्ता जोड्दा सम्बन्धित नियमनकारी निकायले एउटा व्यक्ति वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima