काठमाडौं । कर्णाली प्रदेश योजना आयोगको उपाध्याक्षमा कृषि विज्ञ सूर्यनाथ योगी नियुक्त भएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत निवासी योगीलाई उपाध्यक्ष नियुक्त गरेका हुन् ।
योगीलाई मुख्यमन्त्री कँडेलले आजै पद तथा गोपनीयताको शपथ गराएका छन् । आयोगको सदस्यमा डम्बर रावल र अशोकनाथ योगी नियुक्त भएका छन् । सदस्य रावल छायाँनाथ रारा नगरपालिका–५ मुगु र योगी रास्कोट नगरपालिका–३ कालिकोट निवासी हुन् ।
आयोगका दुवै सदस्यलाई नवनियुक्त उपाध्यक्ष योगीले पद तथा गोपनीयताको शपथ गराएका छन् । नवनियुक्त उपाध्यक्षसहित सदस्य रावल र योगीले आजै पदभार ग्रहण गरेका छन् । उपाध्यक्ष योगी र रावल एमालेबाट तथा योगी नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका हुन् । चार महिनादेखि रिक्त रहेको आयोगले आजदेखि पूर्णता पाएको छ ।
कृषि विज्ञ योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान सुर्खेतका क्याम्पस प्रमुख हुन् । उनले भारत, थाइल्याण्डलगायतका देशमा गएर त्यहाँको कृषि विकासबारे अध्ययन तथा अनुसन्धान गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्