डडेल्धुरा । डडेल्धुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जीप दुर्घटना हुँदा गन्यापुरा ३ का कृष्ण बहादु भूलको मृत्यु भएको हो ।
सदरमुकामबाट गन्यापधुरा गाउँपालिका–३ गौलीगाउँ गइरहेको सुपप्र ०४००१ च ०१३४ नम्बरको जीप अमरगढी नगरपालिका–५ बागवजार नजिक पीपल चौतारा नजिकै नालीमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा गन्यापधुरा–३ का ४५ वर्षीय कृष्णबहादुर भूलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक वीर बहादुर थापाले जानकारी दिए । उनको उपचारका लागि डडेल्धुरा अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा छ जना घाइते भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । उनकाका अनुसार घाइते हुनेमा गन्यापधुरा–३ की ६४ वर्षीया ईश्वरीदेवी विष्ट, आठ वर्षीया आत्मिका विक, २८ वर्षीया शारदा विक, ३० वर्षीया लक्ष्मी दमाई, ५० वर्षीया धिमादेवी दमाई र ४४ वर्षीय चन्द्र कठायत रहेका छन् ।
घाइतेमध्ये ईश्वरीलाई थप उपचारका लागि धनगढी पठाइएको र बाँकी सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । जीपमा चालकसहित आठ जना सवार थिए । चालक शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया दिनुहोस्