Skip to content

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल नियुक्त भएो छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्नका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गर्नेसम्बन्धी सम्झौतामा साउन २१ गते हस्ताक्षर भएको हो ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा आईपीओ जारी गर्न लागेको हो ।

उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई यस नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ चैत २७ गते निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले २०८० वैशाख २६ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima