एजेन्सी । फ्रान्समा ओलम्पिकका खेल सुरु हुनुअघि महंगी र भारी भीडको चिन्ता गर्नेका लागि अहिले पेरिसमा छुट्टी मनाउने राम्रो मौका हुनसक्छ । पेरिसमा होटल र रेस्टुराँले ग्राहकलाई आकर्षित भारी छुट दिएका छन् । खेल अवधिमा होटल तथा रेष्टुराँले मूल्यमा भारी कटौती गरेपछि मानिसहरु ओलम्पिकबाट उनीहरुले के पाए भन्ने प्रश्न गर्न थालेका छन् ।
दुनियाभरि टिभीमा ओलम्पिक खेलहरू हेर्नेका लागि फ्रान्सको राजधानी पेरिस अहिले विश्वको केन्द्रमा भए पनि शहरका खाली सडकहरू र खाली डाइनिङ टेबलहरू एउटा फरक कथा बताउँछन् ।
सुरुआतमै स्थानीय मिडियाले सुनसान डिज्नील्याण्डका समाचारदेखि सामान्यतया पिक आवरमा मेट्रोमा यात्रुहरूले सजिर्ल सिट पाएका समाचा पनि देखाएका थिए । विश्लेषकहरूका अनुसार ठूलो संख्यामा पेरिसवासीहरू यतिबेला बाहिर गएका छन् । जबकि अर्कोतिर ओलम्पिकको कारण मूल्यवृद्धि र भीडभाडको चिन्ताले विदेशी पर्यटकहरूमा पनि कुनै उत्साह देखिएको छैन ।
पर्यटन व्यवसायीका अनुसार पछिल्लो २५ वर्षमा यसपटक जुलाई सबैभन्दा खराब महिना रह्यो । उनीहरुले कोभिडको पिक समयमा पनि मानिसहरूले कम्तीमा खाना अर्डर गर्न जारी राखेका बताए । रेस्टुरेन्ट सञ्चालक यार्वाले, “ओलम्पिकको कारण धेरै गुणा बढेको होटल मूल्यले सम्भावित ग्राहकहरूलाई डराएको थियो । यो आयोजन केवल धनीहरूका लागि थियो ।”
एयरलाइन्सले पनि मूल्यहरू कम गर्नुपरेको छ । खेलहरू अघि नै डेल्टा एयरलाइन्स र एयर फ्रान्सले आफ्नो व्यवसायमा पर्ने प्रभावको बारेमा चेतावनी दिएका थिए । एयरलाइन्सका अनुसार, पेरिसको यात्रा गर्नका लागि मानिसहरूमा उत्साह कम छ । सीएनबीसीसँग कुरा गर्दै डेल्टा प्रमुखले भने कि, “अहिले जो मानिसहरू ओलम्पिक गइरहेका छन् तिनीहरू नै पेरिस गइरहेका छन् ।”
‘द इन्डिपेन्डेन्ट’ का लागि साप्ताहिक स्तम्भ लेख्ने ट्राभल विशेषज्ञ साइमन काल्डरका अनुसार, सामान्यतया यो समयमा हरेक वर्षको मूल्यबाट अहिलेका हवाई टिकटको मूल्य निकै कम छ ।
फ्लाइट टिकटहरूको गिरावटको अनुमान तपाईंले यस कुराबाट लगाउन सक्नुहुन्छ कि यस रिपोर्ट लेख्दासम्म बेलायतका सहरमध्ये एक एडिनबर्गबाट पेरिससम्मको एकतर्फी भाडा प्रति व्यक्ति ३१ पाउन्ड (करिब ३३२६ रुपैयाँ) थियो । जबकि युरोस्टार रेलहरूको टिकट, फ्रेन्च रेलवे नेटवर्कमा गत हप्ताको तोडफोडका कारण निकै महँगो थियो ।
पेरिस शहरका बीस होटलमध्ये एकको प्रतिनिधित्व गर्ने होटल मार्केटिङ फर्म डुइल्डका रफाएल बाट्कोले जुन र जुलाईमा मानिसहरु यहाँ आउनबाट जागिएको बताए ।
रेष्टुराँमा मूल्य कम भए पछि ल्याटिन क्वार्टरमा तपाईं आठ युरो (लगभग ७२९ रुपैयाँ) मा पनि खाना खान सक्नुहुन्छ ।
पर्यटन अधिकारीका अनुसार खेलकुदका दौरान होटलहरूमा एक रात बस्नका लागि औसत दुई सय१९ पाउन्ड अर्थात् २३ हजार पाँच सयरुपैयाँमा आएको छ, जुन गत महिनामा लगभग ३१ हजार २८५ रुपैयाँमा पुगेको थियो । रेकर्ड टिकट बिक्रीबारेमा पेरिसमा सन् २०२४ ओलम्पिकका आयोजकहरूले सकारात्मक प्रभावहरूको धेरै प्रचार गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्