Skip to content

बेलायतमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने

nabil bank

लण्डन। बेलायतमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ। बेलायतको दक्षिणी भाग तथा नेपालीहरुको घना बस्ती रहेको अल्डरसोटमा रहेको शिव कल्चर मन्दिरमा आउँदो ३१ अगष्ट र १ सेप्टेम्बमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुन लागेको छ।

गोरखाली समाज यूकेले महायज्ञको आयोजना गरेको हो। महायज्ञमा पण्डित दीनवन्धु पोखरेलले कथा वाचन गर्ने छन्। महायज्ञबाट संकलित रकम गोरखा जिल्लाको स्वास्थ्य, शिक्षा तथा आपतकाली सहयोमा खर्च गरिनेछ। यस्तै, अशक्त, असहाय र बेसहाराको सहयोगार्थ अक्षयकोष स्थापनाका लागि पनि खर्च गरिने बताइएको छ।

महायज्ञ सञ्चालनमा ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समितिले प्रत्यक्ष रूपमा समन्वयकारी भूमिका खेलेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi