Skip to content

मन्त्री पाण्डेद्वारा पूर्व महानिर्देशकहरूसँग छलफल, संरचनागत सुधार तथा नियमनमा कडाइ गर्न सुझाव

nabil bank

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्रीप्रसाद पाण्डेले हवाई दुर्घटना न्यूनीकरण बारे नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक (डीजी) हरूसँग विहीबार मन्त्रालयमा छलफल गरेका छन् । छलफलका क्रममा कतिपय विमान कम्पनीहरुले नागरिक उड्डयनका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा मान्यता दिइएको तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ)ले तोके अनुसारको सेफ्टी मेनेजमेन्ट सिस्टम (एसएमएस) लागू नगरेको तथा विमान चालक तथा प्राविधिक जनशक्ति लागि आवश्यक सुरक्षा सम्बन्धी तालिम आदिमा न्यून लगानी गरेको लगायतको विषयमा मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणको पूरै संरचना र सञ्चालनबारे ‘थर्ड पार्टी अडिट’ गराउन आवश्यक भएको र त्यसका लागि अन्तर्राष्ट्रियस्तरका ख्याति प्राप्त संस्थाबाट विज्ञ मगाउन सकिने सुझाव दिइएको थियो । त्यस्तै दुर्घटनाको जाँच स्वतन्त्र नहुने गरेको, जाँच समितिले दिएको प्रतिवेदन कार्यान्वयन नहुने गरेको तथा त्यसको फलोअप नभएकोले त्यस तर्फ मन्त्रालयले ध्यान दिनु पर्ने सुझावहरु दिइएको थियो ।

त्यस्तै नागरिक उड्डयन प्राधिकरण (क्यान)को समग्र पक्षमा शुक्ष्म निगरानी गरि सुधार गर्नु पर्ने त्यसका लागि विचारधीन विधेयकहरु संसदबाट पास गर्नेतर्फ पहल हुनु पर्ने कुरामा पनि जोड दिइएको थियो । मन्त्री पाण्डेले बिहीबार पूर्व डीजीहरूलाई मन्त्रालयमै बोलाएर नेपालको हवाई क्षेत्रका समस्या र सवालबारे छलफल गरेका हुन् । मन्त्री पाण्डेले नीतिगत, कानुनी र संरचनागत सुधारका लागि पूर्व डीजीहरूसँग सुझाब मागेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi