Skip to content

सरकार भारतबाट १९ हजार टन चिनी ल्याउँदै, ५ दिनभित्र निवेदन दिन आह्वान

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्न इच्छुक फर्म तथा कम्पनीसँग प्रस्ताव आह्वान गरेको छ ।

आज बिहीबार एक सूजना जारी गरी विभागले १९ हजार टन चिनी आयात गर्न प्रस्ताव आह्वान गरेको हो । भारतले नेपालका लागि तोकेको कोटाअनुसार १९ हजार टन चिनी आयात गर्ने भएको छ ।

चिनी आयातका लागि अनुमतिपत्र प्राप्त गर्ने फर्म तथा कम्पनीका लागि न्यूनतम कोटा २ हजार ६ सय टन तोकिएको छ । अनुमति पत्र प्राप्त गर्ने फर्म तथा कम्पनीले चिनी आयातका लागि सोमबार (साउन २८) सम्म प्रस्ताव पेस गर्न सक्नेछन् ।

१९ हजार टनभन्दा बढी परिमाण आयात अनुमतिका लागि आवेदन परे न्यूनतम २ हजार ६ सय टन कोटा नघट्ने गरी समानुपातिक रूपमा कोटा बाँडफाँड गरिने विभागले जनाएको छ ।

सातभन्दा बढी कम्पनीबाट आवेदन पर्यो भने सुरुमा आउने आवेदनलाई पहिलो प्राथमिकता दिइने विभागले जारी गरेको सूचनामा उल्लेख छ । अनुमति पाएको एक महिनाभित्र चिनी नल्याए अनुमति खारेज हुने समेत विभागले जनाएकोे छ ।

अनुमति प्राप्त कम्पनीले विभागबाट अनुमति प्राप्त गरेको मितिले साल्ट ट्रेडिङ कर्पोरेसनले निर्धारण गरेको मूल्यमा नबढ्ने गरी आयातित चिनी बजारमा बिक्री गर्नुपर्ने सर्त तोकिएको सूचनामा उल्लेख छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T