काठमाडौं । गत आर्थिक वर्षमा लघु जीवन बीमा कम्पनीहरुले १६ करोड बढीको व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा १६ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
बीमा प्राधिकरणको तथ्यांक अनसार तीनवटा लघुजीवत बीमा कम्पनीले १ लाख ६ हजार ८५७ वटा बीमालेखमार्फत सो बराबरको व्यवसाय गर्न सफल भएका हुन् । प्राधिकरणको तथ्यांकअनुसार लघुजीवन बीमा कम्पनीले असार महिनामा मात्रै ३ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो अवधिमा कम्पनीहरुले २७ हजार ३६७ वटा बीमालेख जारी गरेका छन् ।
गत आर्थिक वर्षमा सबैभन्दा धेरै व्यवासय क्रेष्ट माइक्रो लाइफले गरेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा ९ करोड ७६ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अवधिमा कम्पनीले गत आवमा ५८ हजार ८६६ वटा बीमालेख जारी गरेर सो बराबरको व्यवसाय गर्न सफल भएको छ । त्यस्तै यो अवधिमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ४ करोड २२ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो कम्पनीले गत आवमा ३० हजार ७१२ वटा बीमालेख बिक्रीबाट उक्त रकम बराबरको व्यवसाय गर्न सफल भएको हो ।
तीन कम्पनीमध्ये लिर्बर्टी माइक्रो लाइफको व्यवासय सबैभन्दा कम रहेको छ । यो कम्पनीले गत आवमा २ करोड ९९ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । यो कम्पनीले यो अवधिमा १७ हजार २७९ बीमालेख बिक्रीबाट सो बराबरको बीमा व्यवसाय गर्न सफल भएको हो ।












प्रतिक्रिया दिनुहोस्