Skip to content

प्रभु बैंकका ग्राहकलाई बुद्ध एयरमा ८ प्रतिशत छुट

nabil bank

काठमाडौं । प्रभु बैंकका ग्राहकलाई बुद्ध एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

आज बिहीबार एक समारोहकाबीच सम्झौता बैंकका तर्फबाट चिफ म्यानेजर मन्जयराज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्वव लाल कायस्थले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको छ ।

मिति २०५३ साल वैशाख ११ गते स्विकृति प्राप्त गरी २०५४ असोज २५ गते बाट उडान सुरु गरेको बुद्ध एयरले हाल आएर आन्तरिक उडानको साथ साथै भारतको बनारस सम्म पनि आफ्नो सेवा विस्तार गरेको छ ।

ग्राहकहरुको रोजाइमा अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित बैंकको नेपालभर ३ सय १५ शाखा कार्यालयहरु, २ सय ८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi