Skip to content
Prabhu

विद्युत बक्यौताको बखेडामा कुनै पनि उद्योगको बिजुली काँटिदैन : उद्योग मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले अब डेडिकेटेड ट्रंक लाइनको बक्यौताको बखेडामा कुनै पनि उद्योगको बिजुली नकाटिने बताएका छन् । नेपाल सिमेन्ट उत्पादक संघले आयोजना गरेको संघको नवनिर्वाचित कार्याकारिणी समितिको पदभार हस्तान्तरण कार्यक्रममा मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

मन्त्री भण्डारीले पहिलो प्राथमिकता उद्योग, उत्पादन र रोजगारी रहेको बताए । ‘उत्पादित वस्तुको पहिलो बजार स्वदेश हो, सिमेन्ट र बिजुली खपतको पहिलो बजार पनि स्वदेश हो, स्वदेशमै खपत बढाउने सरकारको नीति छ,’ उनले भने । नेपालका उद्योगसम्म पुग्ने पहुँचमाग र बिजुलीको प्रशारण लाइन पनि सरकारले बनाउँने उनले उल्लेख गरे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal