Skip to content

नेपाली नागरिकहरुलाई विदेशमा कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध

काठमाडौं । कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ तथा विदेशमा लगानी गर्न प्रतिवन्ध लगाउने ऐन, २०२१ को व्यवस्थाबमोजिम नेपालीलाई विदेशमा कुनै पनि किसिमका लगानी गर्न प्रतिबन्ध लगाएको हो ।

नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न भने सक्ने व्यवस्था रहेको छ । यसरी लगानी गरेको विदेशी विनिमय नेपालमा फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउने व्यवस्था गर्नुपर्ने केन्द्रीय बैंकले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

राष्ट्र बैंकका अनुसार नागरिकहरुले नेपाल फर्केपछि पनि यस्तो खाता वा लगानी कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकारी तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंकमा ३५ दिनभित्र दिनुपर्ने व्यवस्था रहेको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima