Skip to content

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज भदौ १२ गते फेरि एकैपटक ४० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज फेरि ४० अर्ब रुपैयाँ तान्न लागेको हो। यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। उक्त उपकरण राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग धितो राख्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

यो २१ दिने निक्षेप संकलन उपकरणको असोज २ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। यसअघि भदौ ११ गते मंगबार मात्रै राष्ट्र बैंकले स्थायी निक्षेप सुविधाअन्तर्गत प्रणालीबाट १ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ उठाएको छ।

यसमा बैंकहरूले ३ प्रतिशत ब्याजदर पाउँछन्। स्थायी निक्षेप सुविधाअन्तर्गत चालु आर्थिक वर्ष सुरु भए यता मात्रै राष्ट्र बैंकले १८ पटक गरेर ५१ खर्ब ६ अर्ब ५५ करोड रूपैयाँ उठाएको छ। यसमध्ये १ खर्ब ७४ अर्ब रूपैयाँ मात्रै बैंकहरूमा फिर्ता हुन बाँकी रकम हो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima