Skip to content

सम्पदा लघुवित्तको २ लाख १४ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयरधनीहरुको नाममा रहेको २ लाख १४ हजार ६ सय ७४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय बन्दीपुर तनहुँमा आफूले खरिद गर्ने सेयर कित्ता संख्याको ब्यहोरा खुलाई निवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।

सो समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियम कानुनबमोजिम अन्य व्यक्ति वा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउनेसमेत संस्थाले एक सूचनामार्फत जानकारी दिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T