Skip to content

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणले किन्न पाउने

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी अम्बर बहादुर थापाको नाममा रहेको १४ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकले यसअघि उक्त सेयर संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर ३५ दिनभित्र पनि संस्थापक सेयरधनीबाट शेयर किन्न आवेदन नपरेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्रीमा राखेको हो ।

सो सेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति संघसस्था वा कम्पनीले ३५ दिनभित्र आवश्यक पर्ने कागजात सहित बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा निवेदन दिनु पर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima