Skip to content

कुमारी बैंकका ग्राहकले श्री एयरलाइन्सको टिकट काट्दा ५ सय छुट पाउने 

nabil bank

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहक र उनका परिवारले ५०० रुपैयाँ छुट पाउने भएका हुन् । आज बैंक र एयरलाइन्स बीच छुट सम्बन्धित सम्झौतामा हस्ताक्षर भएसँगै बैंकका ग्राहक र उनका परिवारले श्री एयरलाइन्सको टिकट काउन्टरबाट टिकट काट्दा ५०० रुपैयाँ छुट पाउने भएका हुन् ।

यस सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी) को लागि टिकट खरिद गरि कुमारी बैंककै डेबिट÷क्रेडिट कार्ड, मोवाइल बैकिङ्ग सेवा बाट रकम भुक्तानी गर्दा रु ५०० छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi