Skip to content

एसबिआई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकहरुलाई बुद्ध एयरले हवाइ टिकटमा विशेष छुट दिने भएको छ । दुई पक्षबीच भएको सम्झौता अनुसार कम्पनीका सबै डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुले हवाइ टिकट खरिदमा ८ प्रतिशतसम्म छुट सुविधा पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा बुद्ध एयरका मार्केटिङ सेल्स रुपेश जोशीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

हाल बैंकले १ सय शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १ सय २१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T