Skip to content

महालक्ष्मी विकास बैंक र केबी चित्रकारबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप ‘एनएफआरएस ०९ः एक्सपेक्टेड क्रेडिट लस(इसीएल)’ मोडल कार्यान्वयनका लागि केबी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेससँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न सो सम्बन्धी सम्झौता भएको हो ।

साथै, यसको कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्डहरु पुरा गर्न, सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशनहरुको प्रभावकारी रुपमा कार्यान्वयनरअनुपालन गर्न तथा वित्तीय अनुशासन तथा रिर्पोटिङ अभ्यासलाई अझ सुदृढ बनाउन मद्धत पुग्ने बैंकले जनाएको छ ।

बैंकको देशभर १ सय ३ शाखा कार्यालय र करिब ८ लाख ग्राहक छन् । साथै, २०८० पुस २८ गते सम्पन्न बैंकको २२ औ वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्तावसमेत पारित भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T