Skip to content
Prabhu

हवाई भाडा घट्यो, कुन गन्तव्यको शुल्क कति ?

काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीहरुले हवाई भाडा घटाएका छन्। नेपाल आयल निगमले यही भदौ १५ गते आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाउँदा हवाई भाडा सहरी क्षेत्रका विमानस्थलमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले घटेको छ ।

काठमाडौं विमानस्थलाई आधार बनाएर तय भएको यस्तो भाडादरमा सबैभन्दा बढी नेपालगन्ज उडान गर्दा २६५ रुपैयाँ र सबैभन्दा कम सिमरा उडान गर्दा ४५ रुपैयाँ र घटेको छ । घटेको हवाई भाडा भोलि बुधबारदेखि नै लागू हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

आयल निगमले हवाई इन्धनको मूल्य ५ रुपैयाँसम्मले घटाउँदा वा बढाउँदा वायुसेवा कम्पनीहरुले पनि इन्धनको मूल्य समायोजन गरेर हवाई भाडा घटाउने वा बढाउने गरेका छन् । इन्धनको मूल्य घटेपछि वायुसेवा कम्पनीहरुले इन्धनमा लिएको शुल्क घटाउँदा टिकटकै मूल्य नै घटेको छ ।

आयल निगमले १३७ रुपैयाँ प्रतिलिटको हवाई इन्धनको मूल्य घटाएर १३२ रुपैयाँ प्रतिलिटर बनाउँदा प्रतिलिटर ५ रुपैयाँका दरले घटेको छ ।

यस्तो मूल्य ३.६५ प्रतिशतले घटेको सोही अनुपातमा आन्तरिक वायुसेवा कम्पनीले पनि इन्धनको शुल्क वापतको रकम घटाएका छन् । सहरी क्षेत्रका विमानस्थल (ट्रंक रुट)मा उड्ने वायुसेवाको इन्धन खर्च प्रति यात्रु प्रतिमिनेट ७०.२१ रुपैयाँ खर्च हुने भएको छ । सोही खर्चको अनुपातलाई हिसाव गरेर हवाई भाडा घटेको हो ।

नयाँ भाडादर अनुसार काठमाडौं विमानस्थललाई आधार बनाएर भएको उडानमा माउन्टेन फ्लाइटमा १ सय ७० रुपैयाँ, भद्रपुर १ सय ५० रुपैयाँ, विराटनगर १ सय २० रुपैयाँ, जनकपुर ६५ रुपैयाँ, भरतपुर ५० रुपैयाँ, पोखरा ८० रुपैयाँ, भैरहवा १ सय ५ रुपैयाँ इन्धनको मूल्य घटेको छ ।

वायुसेवा कम्पनीको लागि इन्धनको लागत घट्दा हवाई भाडा नेपालगन्जमा १ सय ६५, धनगढीमा २ सय २०, तुम्लिङटारमा ९०, सिमरामा ४५, सुर्खेतमा १ सय ७५, राजविराजमा १०० रुपैयाँले घटेको छ ।

 

 

 

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal