Skip to content
Prabhu

रियल स्टिल्सको १ वर्षको कारोबार १ अर्ब २४ करोड बढी

काठमाडौं । रियल स्टिल्स प्राइभेट लिमिटेडले सन् २०२४ मा १ अर्ब रुपैयाँ बढीको कारोबार गरेको छ । केयर रेटिङ नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीले १ वर्षमा १ अर्ब २४ करोड १० रुपैयाँ कारोबार गरेको हो ।

रियल स्टिल्सले सन् २०२३ मा १ अर्ब २३ करोड १० लाख रुपैयाँ व्यापार गरेको थियो । कम्पनीले २०२३ को तुलनामा २०२४ मा १० लाख रुपैयाँ अर्थात् ०.८१ प्रतिशतले बढी व्यापार गरेको हो । त्यस्तै, कम्पनीले २०२२ मा १ अर्ब ३७ करोड ५० लाख रुपैयाँ कारोबार गरेको थियो । वार्षिक तथ्यांक हेर्ने हो भने कम्पनीको कारोबार बढिरहेको देखिन्छ ।

रियल स्टिल्स प्राइभेट लिमिटेड २०१८ मा स्थापित एक निजी कम्पनी हो । कम्पनी वीरगन्जमा अवस्थित छ र कम्पनीले २०२० देखि आफ्नो व्यावसायिक सञ्चालन सुरु गरेको हो । कम्पनीले कुल वार्षिक उत्पादन क्षमताका साथ एमएस पाइप्स, सटर पट्टी, शटर गाइड र अन्य सम्बन्धित उत्पादनहरू उत्पादन गर्दै आएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal