Skip to content
Prabhu

पर्यटन बोर्डको सीईओमा जोशी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतमा दिपक जोशी नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय ‘कार्यकारी प्रमुख छनौट उपसमिति’ ले अन्तिम १४ जना उम्मेदवारमध्येबाट बिहीबार जोशी, धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो गरी तीन जनाको नाम सिफारिस गरेको थियो ।

बोर्डको सञ्चालक समितिको बिहीबारको बैठकले  जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो । जोशीले यसअघि पनि सीइओको रुपमा काम गरिसकेका छन् ।जोशीसँग नेपाल उद्योग परिसंघमा समेत महानिर्देशकको रुपमा काम गरेको अनुभव छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal