Skip to content

दूरसञ्चार प्राधिकरणले दियो टिकटक प्रतिबन्ध हटाउन निर्देशन

nabil bank

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायकहरूलाई टिकटक चल्ने बनाउन निर्देशन दिएको छ। सरकारले भदौ ६ गतेको बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएकोले खोल्नका लागि प्राधिकरणले निर्देशन जारी गरेको हो।

‘नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवाप्रदायकहरूलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ’ सूचनामा भनिएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi