काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २२ हजार ३२७ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउँछन् । सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्ने छ । सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।
तोकिएको समयावधिभित्र संस्थापकहरूले सो सेयर नकिनेको खण्डमा सर्वसाधारणमा बिक्री खुला गरिने सूचनामा उल्लेख गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्