काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सातौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज २३ गते साधारणसभा बोलाएको हो ।
सभाले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने रकम बराबरको बोनस सेयर वितरण गर्ने तथा सो बापतको हुन आउने कर प्रयोजनका लागि ०.५२६ प्रतिशत को नगद लाभांश पारित गर्ने छ ।
यसका साथै, छैटौं साधारणसभाबाट तत्कालिन चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय भएकोमा सो निर्णय पुनरावलोकन गरी बोनस सेयर वितरणपश्चात कायमहुन आउने चुक्ता पुँजीको ७ प्रतिशत बराबर को हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत सभाले पारित गर्ने छ ।
त्यस्तै, सभाले गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।८१ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ । स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावसमेत सभाको कार्यसूचीमा समावेश भएको छ ।
यता, प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरूले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ ।












प्रतिक्रिया दिनुहोस्