Skip to content

नेपाल टेलिकमद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालयलाई निःशुल्क इन्टरनेट

वालिङ । नेपाल टेलिमकमको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्याङ्जाको कालीगण्डकीका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । साथै विभिन्न विद्यालयमा निःशुल्क इन्टरनेट जडान गरिएको छ ।

टेलिकमले स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ को जनता माविका २ सय ७७ जना विद्यार्थी, जनता आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्रीका साथै कपडा वितरण गरेको हो । यस्तै, कालीगण्डकी–३ को भवानी माविमा निःशुल्क इन्टरनेट जडान गरिएको छ ।

नेपाल सरकारका सहसचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य डा. टोकराज पाण्डेले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्य गरिएको जानकारी दिए । उनले भने, ‘टेलिकमले विभिन्न जिल्लामा पुगेर सामाजिक कार्यमा सहभागि हुँदै आएको छ, यो यसकै निरन्तरता हो ।’

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले टेलिकमले आफ्नो गाँउपालिकालाई सामाजिक उत्तरदायित्वको रुपमा चयन गर्दै सहयोग गरेको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima