Skip to content
Prabhu

सीचेक गरेर फर्कियो नेपाल एयरलाइन्सको एउटा वाइडबडी, चाँडै उडान भर्ने

काठमाडौं । प्राविधिक जाँचका लागि इटाली पठाइएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० नाइन एन–ए.एल.वाई आज बिहान जहाज काठमाडौंमा अवतरण गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाज आज बिहान काठमाडौं अवतरण गरेको हो ।

उक्त जहाज गत २२ जुनमा सीचेकका हवाईजहाज इटाली पठाइएको थियो । अब निगमसँग दुई न्यारोबडी र एक वाइडबडी गरी तीनवटा जहाज उडानयोग्य व्यवस्थामा आएका छन् । यो जहाज उडानमा आएसँगै जापान उडानलाई पुनः निरन्तरता दिने निगमका अधिकारीहरुले बताएका छन् । अगस्ट २९ बाट जहाज अभावमा जापान उडान निरन्तर हुन सकेको छैन ।

निगमको अर्को वाइडबडी जहाज के।एल।वाई सीचेकका लागि इटालीमै छ । सो जहाज एक महिना पछि काठमाडौं आउने तालिका रहेको निगमले जनाएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमसँग अन्तर्राष्ट्रिय उडानमा चार वटा जहाज छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal