Skip to content
Prabhu

युवा जनशक्ति घटेपछि चीनमा रियाटरमेन्टको उमेर बढाइँदै

एजेन्सी । चीनले सन् १९५० यता पहिलो पटक निवृत्तिभरण उमेरलाई क्रमशः बढाउने घोषणा गरेको छ । त्यहाँको उच्च कानूनी निकायले महिलाहरूका लागि निवृत्तिभरण उमेर ५० बाट ५५ वर्ष (ब्लू–कलर काममा) र ५५ बाट ५८ वर्ष (ह्वाइट–कलर काममा) पु¥याउने प्रस्तावलाई अनुमोदन गरेको छ । पुरुषहरूको निवृत्तिभरण उमेर ६० बाट ६३ वर्ष पु¥याइनेछ ।
चीनको वर्तमान निवृत्तिभरण उमेर विश्वकै न्यूनतममा पर्छ । शुक्रबार पारित गरिएको योजनाअनुसार यो परिवर्तन सन् २०२५ जनवरी १ देखि लागू हुनेछ । जसमा निवृत्तिभरण उमेर क्रमशः हरेक केही महिनामा बढाइनेछ र यस प्रक्रिया १५ वर्षसम्म जारी रहनेछ ।
राज्य समाचार एजेन्सी सिन्ह्वाले जानकारी गराए अनुसार कानूनी उमेरभन्दा पहिले अवकाश लिन अनुमति दिइने छैन । यद्यपि मानिसहरू आफ्नो निवृत्तिभरणलाई तीन वर्षभन्दा बढी ढिलो गर्न सक्नेछन्।
सन् २०३० देखि कर्मचारीहरूले पेन्सन पाउन सामाजिक सुरक्षा प्रणालीमा थप योगदान गर्नुपर्नेछ । सन् २०३९ सम्म उनीहरूलाई पेन्सन पाउन २० वर्षको योगदान आवश्यक पर्नेछ । सन् २०१९ मा राज्य सञ्चालित चिनियाँ समाज विज्ञान एकेडेमीले भनेको थियो कि देशको मुख्य राज्य पेन्सन कोष २०३५ सम्ममा सकिनेछ । र, त्यो आकलन कोभिड–१९ महामारीको कारणले चीनको अर्थतन्त्रलाई परेको असरको अगाडि गरिएको थियो ।
निवृत्तिभरण उमेर बढाउने र पेन्सन नीति समायोजन गर्ने योजना औसत आयु, स्वास्थ्य अवस्था, जनसंख्याको संरचना, शिक्षाको स्तर र चीनमा कार्यबल आपूर्तिको समग्र मूल्याङ्कनको आधारमा तयार गरिएको हो । तर यो घोषणाले चीनीयाँ इन्टरनेटमा केही शंका र असन्तुष्टि पनि उत्पन्न गरेको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal